• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश नं १ को उपसभामुखमा सरस्वती पोखरेल

kharibot

विराटनगर / प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ । 

संसद्को आजको बैठकमा उनको नाम अनमोदनका लागि प्रस्ताव टेबुल भएको थियो ।इन्द्रमणि पराजुलीको समर्थनमा प्रस्तावक रामकुमार राईले उनलाई उपसभामुख पदमा मनोनयन गर्न प्रस्ताव गरेका थिए । 

आजै प्रदेश नं १ को कार्यलय प्राङ्गणमा आयोजित कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले उपसभामुख पोखरेललाई शपथ गराउनेछन् । 

संसद्को अर्को बैठक यही फागुन १४ गते दिनको १ बजे बस्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै