काठमाडौं । पहिलो भेटमा १-० ले पराजित गरेको नेपाल दोस्रो खेलमा आज साँझ पौने ५ बजे मौरिससविरुद्ध खेल्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछन् ।
दोस्रो खेलका लागि प्रशिक्षक अब्दुल्लाहले फरक टोली तयार पारेका छन् । आजको खेलमा पहिलो खेलमा गोल गरेका विमल घर्ति मगरलाई बाहिर राखिएको छ ।
आजको नेपालको प्लेइङ- ११
गोलरक्षकः किरणकुमार लिम्बू ।
डिफेन्डरः दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ नविन गुरुङ ।
मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, तेज तामाङ ।
फरवार्डः आशिष लामा, अन्जन विष्ट, दर्शन गुरुङ ।