काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या बढिरहेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८७१ जनाको मृत्यु भएको छ ।
भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १३.३९ प्रतिशत रहेको छ ।
त्यस्तै भारतमा एकै दिन ३ लाख ३५ हजार ९३९ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको घटिरहेको छ । हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ रहेको छ ।
हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ९३ हजार १९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।