• २०८१ बैशाख १९ बुधबार

राष्ट्रियसभाको नतिजा सार्वजनिक, प्रदेश नं. १,४,५ र ७ मा को को भए विजयी?

kharibot

काठमाडौं । राष्‍ट्रियसभा निर्वाचनको बुधबार भएको निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रदेश १ मा दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । दलिततर्फ एमालेका खेम नेपाली ६२७० मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी कांग्रेसका बिन विश्वकर्माले २८३२ मत प्राप्त गरेका छन् । 

यस्तै अपांगतारअल्पसंख्यक पदमा पनि वाम गठबन्धनकै अगमप्रसाद बान्तवा राई बिजयी भएका छन । राईले ६१३८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २८९८ मत प्राप्त गरेका छन् । 

प्रदेश नम्बर १ मा राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

निर्विरोध निर्वाचित हुनेहरुमा महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल, नेपाली कांग्रेसका सरिता प्रसाई छन् । यस्तै खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भएका हुन् ।

त्यस्तै प्राप्त नतिजा अनुसार प्रदेश नम्बर ४ बाट दलित सदस्यमा नेकपा माओवादी केन्द्रका खिमबहादुर विक विजयी भएका छन् । दलित सदस्यमा नेपाली कांग्रेसबाट जितबहादुर नेपाली उम्मेदवार थिए । 
 

प्रदेश नं ५ बाट खुल्ला तीन पदमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमालेका खिमलाल भट्टराई, काँग्रेसका दुर्गाप्रसाद उपाध्यायको मतभार र माओवादी केन्द्रका चन्द्रबहादुर खड्काको रहेका छन् ।

त्यसैगरी दलित सदस्यमा नेकपा एमालेका रामलखन चमार विजयी भएका छन् । अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका राजकुमार कुँवर विजयी  भएका छन् ।  

त्यस्तै प्रदेश ७ को प्राप्त नतिजा अनुसार वामगठबन्धनबाट माओवादी केन्द्रका महेशकुमार महरा राष्ट्रिय सभामा विजयी भएका छन्। महराले ३७८ मतका साथ विजयी भएका छन् भने उनका प्रतिद्वन्दी काँग्रेसका चेतराज जोशीले १४०० मतले पराजित भएका छन् । दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै