• २०८१ बैशाख १७ सोमबार

नेपालमा संक्रमित ८८ प्रतिशतलाई ओमिक्रोन भेरिएन्ट

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । नेपालमा ८८ प्रतिशत संक्रमितमा नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित कोरोना बारेको अपडेटमा नेपालमा पछिल्लो संक्रमणको स्वरूप हेर्दा करिब ८८ प्रतिशतलाई ओमिक्रोन भेरिएन्ट देखिएको जनाएको हो ।

त्यस्तै मन्त्रालयले ४ प्रतिशतमा डेल्टा भेरिएन्ट देखिएकाले अहिले डेल्टालाई ओमिक्रोनले प्रतिष्थापन गरेको बताएको छ ।

मन्त्रालयले पछिल्लो पटक केन्द्रीय प्रयोगशालामा गरेको जेन सिक्वेंसीङबाट ३२ जनामा २८ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको बताएको छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै