• २०८१ बैशाख २० बिहीबार

राष्ट्रियसभा सदस्य निर्वाचन प्रदेश नं. १,४ र ६ मा सम्पन्न

kharibot

बुधबार पोखरामा मतदान गर्दै मतदाता । तस्वीर : नारायण न्यौपाने, रासस

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचन प्रदेश १,४ र ६ मा सम्पन्न भएको छ ।

३२ जना सदस्यको लागि छ प्रदेशमा मतदान भएकोमा तीनवटा प्रदेशको भने निर्वाचन सम्पन्न भइसकेको छ । भने, अन्यमा मतदान जारी छ ।

प्रदेश १ मा राष्ट्रिय सभाका लागि ९३ प्रदेशसभा र १३७ स्थानीय तहका २७४ समेत गरी ४११ जना जनप्रतिनिधिहरुले मतदान गरेका छन् । प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ हुनेछ ।

त्यसैगरी, प्रदेश नं। ४ मा  राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्ष गरी १७० जना मतदाता छन् भने प्रदेशसभा सदस्य ६० जना मतदाताले मतदान गरेका हुन् । भने प्रदेश ६ मा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ जना मतदाताले नै मतदान गरेका छन् ।

प्रदेश सभा सांसद ४० जना र बाँकी नगरपालिका र गाउँपालिकाका प्रमुखरउपप्रमुख गरी १५८ जना मतदाताले मतदान गरेका हुन् ।  प्रत्येक प्रदेशले महिला तीन, खुल्ला तीन, दलीत एक, अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्य गरी आठ जना सदस्य निर्वाचित गरी राष्ट्रियसभामा पठाउनु पर्ने हुन्छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै