काठमाडौँ । पिएम कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले नेपला पुलिस क्लबलाई १५८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको एपिएफले १९.५ ओभरमा अलआउट हुदै १५७ रन बनाएको हो ।
एपीएफका लागि अमर राउटेलाले सर्बाधिक २९ रन बनाए भने सन्दीप जोराले २४, कप्तान शरद भेस्वाकरले १९, भुवन कार्कीले १७ रन बनाए ।
त्यसैगरी पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालएल ३-३ विकेट लिए भने गुलसन झाले २ विकेट लिए । त्यस्तै आरिफ सेख र योगेन्द्र सिंह कार्कीले एक एक विकेट लिए ।
अब पिएम कपको उपाधि जित्न पुलिसले १५८ रन बनाउनुपर्ने छ ।