• २०८१ भदौ २३ आइतबार

म्याग्दीका पदमबहादुरले फलाए साढे चौध किलोको एउटै काउली

kharibot

तस्बिर : रासस

बाबियाचौर, म्याग्दी ।  म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । 

साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए । 

कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उनले मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताए । भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको अध्यक्ष कटुवालले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै