काठमाडौँ । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलामा २ सयले बढेर ९२ हजार ७०० पुगेको छ ।
यस अघि विहिबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार २ सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ६० पुगेको महासंघले जानकारी दिएको छ । यसअघि बिहिबार चाँदी तोलाको १२ सय ५५ मा कारोबार भएको थियो ।