• २०८१ बैशाख १३ बिहीबार

कृषि अभियानमा समर्पित मुना कृषि लिमिटेडको दोस्रो बर्ष पुरा

kharibot

काठमाडौँ । एनआरएनहरुद्वारा शुरुवात गरिएको कृषि अभियानलाई नेपालमा रहेका कृषि प्रेमिहरुले साथ दिएर स्थापित मुना कृषि लिमिटेडले २ बर्ष पुरा गरेको छ ।

दुई बर्ष पुरा गरेको सुखद उपलक्षमा पौष २८ गते 'मुना दिवस' कार्यक्रम सानेपास्थित कर्पोरेट कार्यालय परिसरमा सम्पन्न गरेको छ । मुना दिवस तथा सम्मुख माघी पर्वको उपलक्षमा शुभकामना आदान प्रदान गर्न कम्पनिका सल्लाहाकारहरु, संचालकहरु, किसान तथा उद्दमीहरु, मुनाकर्मिहरुको गौरवमय उपस्थिती रहेको थियो । 

गैरआबासिय नेपाली संघको कृषि प्रबर्द्धन समितिले सन २०१८ बाट नेपालमा काम शुरु गरेको थियो । नेपाल सरकारका संघीय, प्रदेश र स्थानिय तीनै तहका सरोकारवाला निकाय, कृषि सहकारि, फारम, किसान तथा सम्बद्ध संघ संस्थाहरुको सुझाब सल्लाहलाई आत्मसात गर्ने बनेको मुना कार्यदलले  लामो अध्ययन छलफल र निर्णयबाट  सामाजिक उत्तरदायित्व सहितको ब्यवसाय गर्न मुना कृषि लिमिटेड स्थापना गरेको थियो । 

मुना कृषि लिमिटेडले किसानको स्वस्थ र सुरक्षित कृषि उपजहरुलाई सिधै सँकलन गरेर सरसफाई, प्याकेजिङ, प्रशोधन गरेर राष्ट्रिय अन्तरराष्ट्रिय बजारमा उपभोक्ता सम्म पुर्याउन मुनाबजार स्थापना गरेको छ । कोभिड १९ को शुरुवाति संगै तत्कालिन अवस्थाको महामारिलाई सम्बोधन गर्न मुनाले  हाम्रो कोशीस परियोजना मार्फत नाफा नकमाउने गरी किसानको फलफुल तरकारीलाई उपत्यकामा बिक्री बितरण गरेको थियो । अहिले उपत्यका भित्र ४ मुनाबजार, १ अन्लाईन बजार सेवा सन्चालन गरीरहिको छ भने पोखरा र बिदुर नुवाकोटमा सँकलन गर्ने गरी मुनाबजार शाखाहरु निर्माणाधिन् छन । यस सँगसङै मुनाले अन्तरराष्ट्रिय बजारमा निर्यात सेवा पनि शुरु गरी सकेको छ । 

नेपालको ६० जिल्लाका किसानहरुसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरी त्यहाका स्थानिय, रैथाने, प्राकृतिक तथा जैविक कृषि उपजहरुलाई मुनाबजारले प्रबर्द्धन गर्दै आएको छ । किसान, कृषि उद्दमी, कृषि सहकारि र सरोकारवाला संघ संस्थाहरुसङको सहकार्यलाई मुनाले उच्च प्राथमिकता दिदै सम्बन्ध बिस्तार गरी रहेको छ । समग्र कृषिको आधुनिकिकरण मार्फत कृषिलाई थप मर्यादित, ब्याबसायिक र औधोगिकिकरण तर्फ उन्मुख गराउदै रुपान्तरणको लक्षमा पुर्याउन निजी क्षेत्रले पनि सानो सघाउ पुर्याउन प्रयासरत रहेको मुना कृषि लिमिटेडले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै