• २०८१ बैशाख २० बिहीबार

जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोड क्षति

kharibot

फाइल तस्वीर

जनकपुर । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ । 

विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योगका मेसिन, रसायन, कच्चा पदार्थ, तयार पारिएको मालसमान, फर्निचर तथा लत्ताकपडा लगायत समान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको प्रहरीले जनाएको छ ।
 
जनकपुर उपमहानगरपालिकाबाट पुगेका वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक  जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै