• २०८१ बैशाख १७ सोमबार

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, लाभांशसम्बन्धि प्रस्ताव पारित

kharibot

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको २७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७७ र ०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैंकले साधारण सभाले शेयरधनीहरुलाई आब २०७७ र ०७८ का लागि ६ प्रतिशतका दरले बोनस शेयर र ४.३२ प्रतिशतका दरले नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ बाट बृद्धि भई ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारणसभाले आब २०७८ र ७९ को लागि सुन्दर एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

देशैभरि छरिएर रहेको बैंकले आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै