काठमाडौँ । जारी एसेज सिरिजको दोस्रो टेस्टमा अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ । टेस्टको तेस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले आफ्नो दोस्रो इनिंगको ब्याटिंग गर्दै एक विकेट गुमाएर ४५ रन बनाएको छ ।
तेस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले ईङल्याण्डमाथि २८२ रनको अग्रता बनाएको छ । यस अघि अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाउदै ४७३ रन बनाएर इनिंग घोषणा गरेको थियो ।
जवाफमा ईङल्याण्डले आफ्नो पहिलो इनिंगमा २३६ रन मात्र बनाउदा अल आउट भएको थियो ।
५ खेलको एसेज सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता बनाएको छ ।