बलिवुडमा अलगै पहिचान बनाएका सिद्धार्थ मलहोत्रा आफ्नो आउने फिल्म जेन्टलम्यानको एक गीतमा अभिनेत्री ज्याक्लिन फर्नान्डिससँगको 'किस' सिनका कारण चर्चामा आएका छन् ।
बुधबार नै रिलिज गरिएको फिल्मको गीतमा ज्याक्लिन र सिद्धार्थको ‘किस’ सिन अहिले बलिवुडमा चर्चाको विषय बनेको छ । भारतीय मिडियाहरुले सिद्धार्थकी प्रेमिका आलिया भट्टलाई सो किस सिनको बारेमा ट्रोल गरिरहेका छन् ।
‘बन्दुक मेरी लैला’ नामको सो गीतलाई दर्शकले पनि रुचाएका छन् । बलिवुडमा एन्ग्री योंग म्यानको छबी बनाएका सिद्धार्थलाई एक्सन भूमिका यस फिल्ममा देख्न सकिन्छ । फिल्म आगामी अगस्त २५ मा रिलिज हुदै छ ।