• २०८१ बैशाख २१ शुक्रबार

अग्नि ग्रुपद्वारा डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

kharibot

काठमाडौँ । अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ७ अनतर्गत सुदूरपश्चिमाञ्चल विकास क्षेत्र डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम डडेल्धुराको किर्तिपुरमा अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले स्थानीय प्रतिनिधिहरु सहित संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्री क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।

उद्घाटन कार्यक्रममा अग्नि ग्रुपका डडेल्धुर, किर्तिपुरका लागि बिक्रेता साइपाल अटोमोबिल्स प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र साउदका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः  स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००,  टीयूभी ३००, केयूभी १००, थार आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टस् को लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए ।

डडेल्धुरा र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप सहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् ।

सोही दिन  अग्नि  ग्रुपले डोटी स्थित दिपायलमा रहेको  दक्षिणकाली मोटर कोर्प प्रालिमा पनि अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र  दक्षिणकाली मोटर कोर्प. प्रालिका प्रबन्ध निर्देशक नविन जोशीको हातवाट संयुक्त रुपमा थ्रि एस सेटपमै महिन्द्राका नयाँ शोरुम र सर्भिस सेन्टरको समुद्घाटन  संयुक्त रुपमा गरिएको छ । 

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक-कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।

कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रा.लि.अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै