• २०८३ भदौ ३० मंगलबार

रामजानकी विवाहपञ्चमी महोत्सवः तिलकोत्सव सम्पन्न, भोलि मटकोर

रामजानकी विवाहपञ्चमी महोत्सवः तिलकोत्सव सम्पन्न, भोलि मटकोर

फाइल तस्वीर

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमबार तिलकोत्सव सम्पन्न भएको छ । तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थले भार (कोसेली) लिएर राम मन्दिरमा गई त्यहाँका महन्थसँग सम्बन्धी मिलान गरी जन्ती लिएर आउने परम्परा रहेको छ । 

सोमबार  जानकी मन्दिरका छोटा महन्थ रोशन दास भारसहित राम मन्दिर पुगेका थिए । कार्यक्रममा सीताका बुवाको राजा जनकको रूपमा छोटा महन्थ रोशन दार र अयोध्याबाट रामको बुबाको रूपमा राम मन्दिरका महन्थ राम गिरी एकअर्कोलाई अंकमाल गरी सम्धी मिलान समेत गरेका छन् । 

तिलकोत्सवमा  महिला कलाकारले गाउने मिथिला लोक गीतरसंगीतले तिलकोत्सवको झन् आकर्षक बढाउँछ ।

कार्यक्रममा प्रदेश २ का उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले मिथिला काला सांस्कृतिकले नेपाल र भारतको सम्बन्धलाई थप परगाढ बनाएको बताए । जनकपुरधाम धर्म संस्कृतिमा अब्बल र सबल भए पनि यसको प्रचारप्रसार हुन नसेको मन्त्री महतोले बताए । 

त्यसैगरि, कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले जनकपुरधाम धार्मिक तथा पर्यटकीय सहर तथा विश्वभरिका हिन्दुको आस्थाको केन्द्रसमेत रहेको बताए । 

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, साधुसन्तसहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै