• २०८१ बैशाख २६ बुधबार

सातदोबाटोसँग थ्री स्टार स्तब्ध

kharibot

काठमाडौं  । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत थ्री स्टार क्लबलाई नवप्रवेशी सातदोबाटो युथ क्लबले स्तब्ध बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा सातदोबाटोले थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । थ्री स्टारलाई स्तब्ध पार्नेक्रममा खेलको २९औं मिनेटमा सातदोबाटोका सुदिप गुरुङले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।

सातदोबाटोले शीर्ष डिभिजनमा दोस्रो खेलमा पहिलो जित निकालेको हो ।

जितसँगै अपराजित सातदोबाटोले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो हार बेहोरको थ्री स्टारको ३ अंक छ । सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । थ्री स्टारले च्यासललाई ३–० ले पराजित गरेको थियो ।

आजको दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लबबीच दिउँसो ४: ४५ बजेपछि प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै