• २०८१ बैशाख १६ आइतबार

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन- सुवासचन्द्र नेम्वाङ

kharibot

झापा ।  नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन् ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताए । 

सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताए । सबै कुराको दोष संविधानलाई दिन नहुने उनको धारणा थियो । उनले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पारे । 

सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गरेका थिए । सहकारी अभियानमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सो सहकारीले रु एक लाख एक हजार राशिको पुरस्कार प्रदान गर्दैआएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै