• २०८३ मङ्सिर ४ शुक्रबार

डोनेटस्कमाथि रियल म्याड्रिडको जित, बेन्जामाले गरे दुई गोल

डोनेटस्कमाथि रियल म्याड्रिडको जित, बेन्जामाले गरे दुई गोल

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा रियल म्याड्रिडले शख्तर डोनेटस्कलाई २-१ गोल अन्तरले पराजति गरेको हो ।

रियल म्याड्रिडको जितमा दुवै गोल करिम बेन्जमाले गरेका हुन् । दुवै गोल भिनिसियास जुनियरले असिस्ट गरेका थिए ।

त्यस्तै डोनेटस्कका लागि फेर्नान्डोएल एक गोल गरेका थिए ।

यो जितपछि समुह डी मा रियल म्याड्रिडको ४ खेलमा ९ अंक भएको छ र रियल समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै डोनेटस्ककोको भने ४ खेलमा एक अंक रहेको छ ।

त्यसैगरी यसै समुहमा रहेको इन्टर मिलानले शेरिफ क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । जितपछि इन्टर मिलान ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ भने शेरिफको ४ खेलमा ६ अंक रहेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै