• २०८१ बैशाख २१ शुक्रबार

लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय स्थल बनाई दिगो बिकास गरौं - राष्ट्रपति

kharibot

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा बिकास गर्नु पर्नेमा जोड दिएकी छन् । यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय स्थलको रुपमा बिकास गर्दै आर्थिक लाभ र दिगो विकास हासिल गर्न सकिने उल्लेख गरिन् । 

आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ह्वाइट जेड बुद्धमूर्तिको अनावरण गर्दै राष्ट्रपतिले लुम्बिनीलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्नका लागि गुरुयोजना अनुसारका काम गर्नु पर्नेमा जोड दिइन् । 

बुद्ध धर्म र दर्शन बारे अन्य देशहरुमा समेत प्रचारप्रसार हुनु सकारात्मक भएको बताउँदै उनले बुद्धका अनुयायीहरु बढ्नु नेपालका लागि खुसीको कुरा भएको उल्लेख गरिन् । लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा बुद्धमुर्ति स्थापित गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै