• २०८१ बैशाख १८ मंगलबार

शिक्षकको अभावमा पठनपाठन प्रभावित भएपछि विद्यार्थीहरु आन्दोलित

kharibot

बारा । विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित भए पछि बाराको पचरौता नगरपालिका क्षेत्र भित्र रहेका विद्यार्थीहरू आन्दोलित भएका छन् ।

नगरपालिका क्षेत्र भित्र रहेको विद्यालयमा विषयगत शिक्षक अभावका कारण पठनपाठन अवरुद्ध भए पछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुँन् । आन्दोलित विद्यार्थीहरुले शिक्षकहरुलाई विद्यालयको कार्यालय भित्रै थुनेर तोडफोड गर्नुका साथै नगरपालिका कार्यालय समेत घेराउ तथा तोडफोड गरे पछि प्रहरीले स्थित नियन्त्रण गर्ने क्रममा झडप सेमेत भएको थियो । झडपमा केहि विद्यार्थी घाइते समेत भएका थिए 

 नगरका विद्यार्थीहरुले बिद्यालयको समस्या र माँग बारे नगरपालिकामा राख्न आउँदा विद्यार्थीले नगरपालिकामा तोडफोड गरे पछि प्रहरीले विद्यार्थी माथी लाठी चार्ज गरेको थियो । स्थानीय विद्यार्थी तथा अभिभावकले विद्यार्थी माथि नगरपालिकाले सुन्योजित रुपमा लाठी चार्ज गराईएको आरोप छ । उनीहरुले नगरपालिका सबै बिद्यालय समेत बन्द गराएका छन् ।

स्थानीयले नगरपालिकाको प्राङ्गणमा बिरोध कार्यक्रम समेत आयोजना गरि माँग पूरा नभए सम्म आन्दोलन जारी राख्ने घोषणा समेत गरेका छन् । विद्यार्थीहरुले विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गरेर नियमित पठनपाठन हुँनु पर्ने, विद्यालय व्यवस्थापन समितिको चयन गरिनु पर्ने लगायतको माँग राखेका छन् । 

पचरौता नगरपालिकामा शिक्षक दरबन्दी  मिलान, पदपूर्ति र नियुक्ती  प्रक्रियामा शिक्षा शाखा संयोजक प्रमोद यादव र नगर प्रमुख रमेश यादवले मनोमानी गर्दै आएको पचरौता नगरपालिका ७ नम्बर वडा अध्यक्ष दिलनाथ सहनीको आरोप छ । 

यता नगरपालिकाले विद्यालय व्यवस्थापनमा कुँनै हस्तक्षेप नगरेको र विद्यालयलाई सहयोग गर्दा गर्दै केही व्यक्तीले विद्यालयलाई राजनितीको थलाे बनाएर सुनुश्चित रुपमा तोडफोड गरेको पचरौता नगरपालिकाका नगर प्रमुख नरेश कुमार यादवले बताए । 

तोडफोडबाट नगरपालिकाको करिब १५ लाख बाराबरको क्षेति भएको र नगरपालिकाबाट ल्यापटप, कम्प्युटर लगायत विभिन्न सामाग्री समेत चोरी भएको नगरपालिकाले जनाएको छ, भने नगरपालिकाको काम कार्य समूर्ण रुपमा ठप्प छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय