• २०८१ बैशाख १८ मंगलबार

विवाद र आलोचनाकै बिचमा फेसबुकको आम्दानी बढ्यो

kharibot

काठमाडौँ । विवाद र आलोचनाकै बिचमा फेसबुकले पछिल्लो तीन महिनामा ९ अर्ब डलरको कमाई गरेको छ ।

अहिले फेसबुकले आफ्नो लोकप्रियता र व्यापार बढाउन गलत काम गरेको आरोप लागिरहेको र अनुसन्धान समेत भैरहेको बेला फेसबुकले कीर्तिमानी कमाई गरेको रिपोर्ट सार्बजनिक भएको छ ।

फेसबुकले जुलाईदेखि सेप्टेम्बरसम्म ९ अर्ब डलरको कमाई गरेको हो । पछिल्लो यसै समयको फेसबुकको कमाई ७.८ अर्ब डलर रहेको थियो ।

अहिले फेसबुककी पुर्व कर्मचारी फ्रान्सिस हेगनले आन्तरिक दस्तावेज मिडियामा सार्बजनिक गर्दै फेसबुकले प्रयोगकर्ताको सुरक्षामा भन्दा कमाईमा बढी ध्यान दिएको खुलासा गरेपछि अहिले यस विषयले सबैको ध्यान आकर्षित गरेको छ ।

त्यस्तै फेसबुकले अमेरिकाभन्दा बाहिर सेक्स ट्राफिकीङलाई नियन्त्रण गर्न असफल भएको आरोप लागेको छ ।

त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकका सार्बजनिक भएका दस्ताबेजलाई आफ्नो किसिमले प्रयोग गरेर फेसबुकको गलत तस्बीर पेश गरिएको आरोप लगाएका छन् ।

अहिले फेसबुकको एक बर्षमा प्रतिमहिना ६ प्रतिशतले प्रयोगकर्ता बढेको र प्रतिमहिना प्रयोगकर्ताको संख्या २ अर्ब ९१ करोड पुगेको छ ।

यसैबीच एप्पलको गोपनियता सम्बन्धि नियमका कारण फेसबुकको विज्ञापनबाट हुने आम्दानीमा असर पुगेको छ । फेसबुकले आउदो त्रैमासिकमा प्राइभेसी अपडेटको असर पर्ने छ ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै