• २०८१ बैशाख १४ शुक्रबार

पाँचखालको नगरप्रमुख महेश खरेल र इजराइली राजदुत हनान गोडर बीच भेटवार्ता, कृषि क्षेत्रमा इजरायली प्रविधि भित्र्याइने बारे छलफल 

kharibot

काठमाडौँ । काभ्रेपलाञ्चोक खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै इजरायली नयाँ प्रविधि भित्र्याइने भएको छ । यसका लागि नेपालस्थित इरजायली राजदूतावास र पाँचखाल नगरपालिकाबीच छलफल सुरु भएको छ । 
    
प्रारम्भिक छलफलका क्रममा पाँचखालका कृषकलाई परम्परागत खेतीप्रणालीलाई रुपान्त्रण गर्दै आधुनिक खेतीप्रणालीमा लैजाने तथा नगदे बालीलाई विशेष प्राथमिकता दिइ कृषकको जीवनस्तर सुधार गर्दै जाने विषयलाई अघि सारिएको छ । इजरायली राजदूत हनान गोडर र नगरप्रमुख महेश खरेललगायत पदाधिकारी तथा सरोकारवालाबीच नगर कार्यालयमा आइतबार भएको कुराकानीमा पाँचखालको कृषि क्षेत्रमा दुईपक्षीय साझेदारीका विषयमा मौखिक सहमति भएको हो । “पाँचखालको कृषि क्षेत्रमा आधुनिकीकरणसँगै इजरायली प्रविधि भित्र्याउने मौखिक सहमतिलाई केही समयमै नगर र दूतावासबीच मूर्त रुप दिइने छलफल पश्चात नगरप्रमुख खरेलले बताए  । 

कृषिमा इजरायली प्रविधि, ज्ञान–सीप विश्वमै उत्कृष्ट मानिन्छ । उक्त प्रविधिलाई कृषियोग्य पाँचखालको भूमिमा प्रयोग गर्नसके यहाँ उत्पादन भएका गुणस्तरीय तरकारी तथा फलफूल अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने अपेक्षा गरिएको छ । नगरले आफ्नो बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । तर पर्याप्त सिँचाइको अभावमा उत्पादन हुन सकिरहेको छैन । केही वर्षदेखि लगानी भित्र्याउने तीव्र चाहना बोकेको नगरले तीन दर्जनभन्दा बढी उद्योग स्थापनाको तयारी गर्दैछ । दुई वर्षअघि लगानी सम्मेलनको आयोजना गरी नगरमा लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्मेलन गर्न नसकेको नगरले हाल वित्तीय सस्ंथासँग सहकार्य गरी लगानी भित्र्याउने कामलाई भने तीव्रता दिएको छ । 

आर्थिक वर्ष ०७६/०७७ को अन्त्यतिर लगानी सम्मेलनको तयारीमा जुटेलगत्तै कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । गत आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनःकोरोना भाइरसको सङ्क्रमणको दोस्रो लहरका कारण अघि बढ्न सकेन । 

लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहेपछि साझेदारीमा वैकल्पिक योजनाको खोजी गर्दै उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्न नगरले वित्तीय संस्थासँगका सम्झौतालाई तीव्रता दिइरहेको हो । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको थियो । पाँचखालमा करिब ४० उद्योग स्थापनाको तयारीमा जुटेको खरेलले बताएका छन् । 

पाँचखाल सुनको कचौरा हो, कृषि र अन्य उत्पादनका ४० उद्योग स्थापनाको तयारी गर्दै र उद्योग स्थापनाले स्थानीयस्तरमा खाद्यान्नलगायत उत्पादनसँगै करिब चार हजार स्थानीयले रोजगारी पाउने उनले बताएका छन्। 

उद्योग स्थापनाका लागि नगरले स्थानीयलाई नै प्राथमिकतामा राख्ने नगरको योजना रहेको छ ।उद्योग स्थापनार्थ स्थानीयलाई प्राथमिकता दिँदै सरल कर्जाका लागि वित्तीय संस्थासँग समन्वय गर्ने पनि खरेलले जानकारी दिएका छन् । उनले चालू आवदेखि दर्जन उद्योगबाट उत्पादन गरिसक्नेगरी तयारी थालिएको बताइएको छन् । उद्यम गर्न चाहने स्थानीयका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले यसअघि केही वित्तीय संस्थासँग साझेदारी सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । सामाजिक रुपान्तरणमा यस अभियानले सार्थकता पाउँदै जाने विश्वास गरिएको छ । 

साथै कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ। त्यहि प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तरकारी र फलफूल उत्पादन गर्न सकिने मेयर खरेलको विश्वास छ।

पाँचखालले गत भदौमा नगरलाई ‘स्मार्ट सिटी’ बनाउन सार्वजनिक–निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सम्झौता गरिएको छ । पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरु भएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ । 

पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ । पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माण कार्य सुरु गरिएको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया सुरु भएको, बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै आइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै