काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत डच क्लब अयाक्सले जर्मनीको बोरुसिया डोर्टमण्डलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अयाक्सले डोर्टमण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
अयाक्सको जितमा डाली ब्लाइन्ड, एन्टोनी र सेबास्टिन हल्लेरले एक एक गोल गरेका थिए भने एक गोल डोर्टमण्डका मारको रेअसले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि समुह सी मा रहेको अयाक्सको ३ खेलमा तिनै जितसहित ९ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै डोर्टमण्डको ३ खेलमा ६ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।