• २०८१ बैशाख १४ शुक्रबार

शख्तर डोनेटस्कमाथि रियल म्याड्रिडको फराकिलो जित

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले युक्रेनी क्लब शख्तर डोनेटस्कमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले शख्तर डोनेटस्कलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले दुई गोल गरेका थिए भने रोड्रीगो र करिम बेन्जमाले एक एक गोल गरेका थिए । त्यस्तै शख्तर डोनेटस्कका सेर्ही क्रिभ्टसोभले एक गोल आत्मघाती गोल गरेका थिए ।

समुह डी मा रहेको रियल म्याड्रिडको यो जितपछि ३ खेलमा २ जित र एक हारसहित ६ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै शख्तर डोनेटस्कको ३ खेलमा एक अंक रहेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै