• २०८१ बैशाख १७ सोमबार

कुन आइपिएल टिमको ब्राण्ड भ्यालु कति छ ?

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को १४औ सिजन सकिएको छ । चेन्नई सुपर किंग्सले चौथो पटक उपाधि जितेको छ भने कोलकोता नाइट राइडर्स उपविजेता बनेको छ ।

यसै बीच ब्राण्डको मुल्यको अनुसन्धान गर्ने डफ एण्ड फ्लेपका अनुसार आइपिएल टिम मुम्बई इण्डियन्सको ब्रान्ड भ्यालु सबैभन्दा बढी रहेको छ । यस सिजनमा प्लेअफमा पुग्न नसकेको मुम्बईको ब्राण्ड भ्यालु ७६१ करोड भारतीय रुपैयाँ रहेको छ ।

त्यस्तै यस सिजन उपाधि जितेको चेन्नई सुपर किंग्सको ब्राण्ड भ्यालु ६११ करोड रहेको छ ।

त्यस्तै यस सिजनमा उपविजेता बनेको कोलकता नाइट राइडर्सको ब्राण्ड भ्यालु ५४३ करोड रहेको छ ।

यस सूचीमा चौथो स्थानमा रोयल च्यालेन्जर्स बैंगलोर रहेको छ । बैंगलोरको ५३६ करोड रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादको ब्रान्ड भ्यालु ४४२ करोड रहेको छ भने दिल्ली क्यापिटल्सको ब्राण्ड भ्यालु ३७० करोड रहेको छ ।

त्यस्तै पञ्जाब किंग्सको ब्रान्ड भ्यालु ३१८ र राजस्थान रोयल्सको ब्राण्ड भ्यालु २४९ करोड रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै