• २०८१ बैशाख ११ मंगलबार

आइपिएल फाइनल: चेन्नईद्वारा कोलकोतालाई १९३ रनको लक्ष्य

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) फाइनल खेलमा चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई १९३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाउदै १९३ रन बनाएको हो ।

चेन्नईका लागि फाफ डुप्लेसिसले सर्बाधिक ८६ रन बनाएका थिए । डुप्लेसिसले ५९ बलमा ३ छक्का र ७ चौका प्रहार गरेका थिए ।

त्यस्तै मोईन अल्लीले अविजित ३७ रन बनाए भने रुतुराज गायकवाडले ३२ रन बनाए भने रोबिन उथप्पाले ३१ रन बनाएका थिए ।

त्यस्तै कोलकोताका बलर सुनिल नारायणले २ विकेट लिए भने शिभम माभीले एक विकेट लिए ।

अब कोलकोताले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै