काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले साउथहम्पटनलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा ट्रेभोह चालोबाह, टिमो वेर्नर र बेन चिलवेलले एक एक गोल गरेका थिए ।
साउथहम्पटनका लागि एक गोल जेम्स वार्ड प्रोवजले पेनाल्टी मार्फत गरेका थिए ।
यस खेलमा जेम्स वार्ड प्रोवजले खेलको ७७औँ मिनेटमा रातो कार्ड पाएपछि साउथहम्पटन १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि चेल्सी ७ खेलमा १६ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै साउथहम्पटनको भने ७ खेलमा ४ अंक रहेको छ ।









