• २०८१ बैशाख २४ सोमबार

रेडपाण्डाका छालासहित १९ वर्षीय युवक पक्राउ

kharibot

तस्वीर : रासस

जाजरकोट । प्रतिबन्धित हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

रेडपाण्डाको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलमा ल्याएको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए । 

परियारले रेडपाण्डाको ४२ इन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान फेला परेको नायब उपरीक्षक थापाले बताउनुभयो । पक्राउ परेका परियारबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै