• २०८३ मङ्सिर ६ आइतबार

एयर इण्डियाको लिलामीमा टाटा समुहको प्रस्ताव पेश, टाटाले किन किन्दै छ ?

एयर इण्डियाको लिलामीमा टाटा समुहको प्रस्ताव पेश, टाटाले किन किन्दै छ ?

काठमाडौँ । भारतको सरकारी ध्वजाबाहक एयरलाइन्स एयर इण्डियालाई टाटाले किन्ने भएको छ ।

भारतको डिपार्टमेन्ट अफ इन्भेस्टमेन्ट एण्ड पब्लिक एसेट म्यानेजमेन्टले एयर इण्डियाको अधिग्रहणसम्बन्धि टाटा सन्सले आफ्नो निवेदन पेश गरेको जानकारी दिएको छ । टाटा समुहको होल्डिंग कम्पनि टाटा सन्सले समय सीमा सकिनु अघि नै आफ्नो निवेदन दर्ता गरेको बताइएको छ ।   

योसँगै अब एयर इण्डियालाई टाटा सन्सले फेरी आफ्नो बनाउने प्रक्रिया शुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

लगातार घाटामा गएपछि एयर इण्डियाको निजीकरणको प्रक्रिया २०२० को जनवरीमै शुरु गरिएको थियो । तर कोरोना महामारीका कारण प्रक्रियामा ढिलाई भएको थियो । २०२१ को अप्रिलमा सरकारले फेरीयोग्य कम्पनिलाई आफ्नो प्रस्ताव पेश गर्न आव्हान गरेको थियो । यस अघि २०२० मा पनि टाटा सन्सले एयर इण्डियालाई किन्न आफ्नो प्रस्ताव पेश गरेको थियो ।

सरकारले यसअघि २०१७ मा पनि एयर इण्डियालाई निजीकरणको प्रयास गरेको थियो ।  त्यति बेला भने कुनै कम्पनिले प्रस्ताव पेश गरेका थिएनन् । त्यसपछि सरकारले केहि नियममा परिवर्तन गरेपछि टाटा समुह अगाडी आएको हो ।

२००७ मा घरेली अपरेटर इण्डियन एयरलाइन्ससँग मर्ज भएपछि एयर इण्डिया लगातार घाटामा चलिरहेको थियो । अहिले एयर इण्डियाको ६००७४ करोड भारतीय रुपैया ऋण रहेको बताइएको छ । यस मध्ये एयर इण्डिया किन्ने कम्पनिले २३२८६.५ करोड भारतीय रुपैया मात्र तिरे हुने भएको छ भने बाँकी रकम भारत सरकारले बेहोर्ने भएको छ ।     

टाटाले किन किन्दै छ ?

खासमा एयर इण्डियाको शुरुवात टाटा समुहले नै १९३२ मा टाटा एयरलाइन्सको नामबाट शुरु गरेको हो । त्यति बेला यसलाई एक मेल क्यारियरको रुपमा शुरु गरेको टाटा समुहको यस एयरलाइन्सलाई १९५३ मा भारत सरकारले लिएको थियो । अब ६७ बर्षपछि टाटाले एयर इण्डियालाई फेरी आफ्नो बनाउने प्रयास थालेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै