• २०८१ जेठ ४ शुक्रबार

टोकियो ओलम्पिक खेल छोड्ने अल्जेरियाका जुडो खेलाडीलाई १० बर्षको प्रतिबन्ध

kharibot

काठमाडौँ । अल्जेरियाका जुडो खेलाडी फेथी नोउरिन र उनका कोच अमर बेनी खलेफलाई १० बर्षको प्रतिबन्ध लगाइएको छ ।

अन्तर्राष्ट्रिय जुडो फेडेरेसनले फेथी र उनका कोचलाई टोकियो ओलम्पिकमा सम्भावित इजरायलका खेलाडीविरुद्ध खेल्नुपर्ने हुने पछि खेल छोडेको आरोप लगाउदै कारवाही गरेको हो ।

टोकियो ओलम्पिकमा ३० बर्षिय फेथीले सुडानका मोहमद अबडालरासूलसँग खेल्नु अघि नै खेल छोडेका थिए । उनले सो खेल जितेको भए उनको इजरायलका खेलाडी तोहार बुटबुलसँग खेल्नुपर्ने अवस्थामा उनले राजनीतिक रुपमा आफुले प्यालेस्टाइनलाई समर्थन गर्ने भन्दै खेल छोडेका थिए । फेथीले खेल छोडेपछि अल्जेरियाको ओलम्पिक कमिटीले उनीहरुलाई टोकियोबाट फिर्ता पठाएको थियो ।

जुडो फेडेरेसनले खेललाई राजनीति र विरोधको स्थल बनाएको भन्दै ओलम्पिक खेल भावना विपरितको गतिबिधि भएकाले कारवाही गरिएको जनाएको छ ।

फेथी र उनका कोच २०३१ को जुलाई २३ सम्मका लागि अन्तर्राष्ट्रिय जुडो फेडेरेसनको गतिबिधिमा सहभागी हुन नपाउने गरि प्रतिबन्ध लगाइएको छ । साथै दुवैले कोर्ट अफ आर्बीट्रेशन फर स्पोर्ट्समा अपिल गर्न पाउने समेत बताइएको छ ।

फेथीले यस अघि २०१९ को विश्व च्याम्पियनसिपमा पनि इजरायलका प्रतिद्वन्दीसँग खेल्न अस्वीकार गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै