• २०८१ बैशाख १६ आइतबार

वाईसीएल संयोजकमा सुमन देवकोटा चयन

kharibot

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) संयोजकमा सुमन देवकोटा चयन भएका छन् । 

वाईसीएलको मंगलबार बसेको पहिलो पूर्ण बैठकले संयोजकमा देवकोटा र सहसंयोजकमा सुबोध सेर्पालीलाई सर्वसम्मत चयन गरेको निवर्तमान संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।

संयोजक र सहसंयोजक चयनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । वाईसीएलको भदौ १२-१५ गतेसम्म चलेको राष्ट्रिय भेला संयोजक छान्न नसकेपछि २३१ केन्द्रीय समिति चयन गरेर सकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै