संखुवासभा । संखुवासभाको मादी नगरपालिकाको वडा नम्बर १ को उम्लिङमा एकै घरका ६ जनाको हत्या भएको छ ।
अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए ।
हत्या गरिएकामा ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी ८० वर्षीया आमा, ५६ वर्षीय श्रीमती, २८ वर्षीया बुहारी, १० वर्षीय नाति र ५ वर्षीया नातिनीको हत्या भएको इलाका प्रहरी कार्यालय चैनपुरले खरीबोटलाई जानकारी दिएको छ ।
घटनाको थप विवरण बुझ्न प्रहरी घटनास्थलमा केहि संख्यामा पुगेको र अर्को टोली जानेक्रममा रहेको प्रहरीले बताएको छ । घटनास्थल चैनपुरबाट करिब ६० किलोमिटर टाढा रहेको प्रहरीको भनाइ छ ।