काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा उनको आफ्नो जर्सी नम्बर ७ नै लगाउने भएका छन् ।
युनाइटेडले यस अघि एडिसन कभानीले लगाउदै आएको जर्सी नम्बर ७ रोनाल्डोले लगाउने जानकारी दिएको हो ।
युनाइटेडले रोनाल्डोलाई जर्सी नम्बर ७ लगाएको तस्बीरसहित सार्बजनिक गरेको छ ।
त्यस्तै कभानी भने ७ नम्बर जर्सीबाट उनले राष्ट्रिय टिममा खेल्दा लगाउदै आएको जर्सी नम्बर २१ लगाउने भएका छन् ।
म्यानचेस्टर युनाइटेडमा जर्सी नम्बर ७ यस अघि लिजेण्ड खेलाडीहरुले लगाएको इतिहास रहेको छ । विगतमा रोनाल्डोभन्दा अगाडी डेभिड बेकहम, एरिक कान्टोना, ब्रयान रोबसन, जर्ज बेस्ट जस्ता खेलाडीले युनाइटेडका लागि ७ नम्बरको जर्सी लगाएर खेलेका थिए ।
म्यानचेस्टर युनाइटेडले सेप्टेम्बर ११ मा घरेलु मैदानमा हुने न्यूक्यासलविरुद्धको खेलमा रोनाल्डो खेल्ने बताएको छ । यो युनाइटेडमा रोनाल्डोको दोस्रो इनिंगको डेभ्यु खेल हुने छ ।









