काठमाडौँ । युभेन्टसले क्रितियानो रोनाल्डोको ठाउमा स्ट्राइकर मोइज कीनलाई भित्र्याएको छ । युभेन्टसले कीनलाई एभर्टनबाट लोनमा भित्र्याएको हो ।
युभेन्टसका पुर्व खेलाडी कीन दुइ बर्षपछि फेरी टुरिन फर्किएका छन् ।
अहिले लोनमा दुइ बर्षको लागि युभेन्टस गएका कीनलाई युभेन्टसले ३३ मिलियन डलरमा सधैका लागि किन्न सक्ने शर्त रहेको छ ।
२१ बर्षिय इटालियन फरवार्ड कीनको एभर्टनमा अझै ३ बर्ष बाँकी भएपनि नियमित टिममा ठाउ बनाउन असफल भएका थिए । एभर्टनमा नियमित स्थान बनाउन नसकेपछि कीन लोनमै पिएसजी पुगेका थिए । कीन २०१९ मा युभेन्टसबाट एभर्टन गएका थिए ।
पिएसजीमा २०२०-२१ सिजनमा ४१ खेलमा १७ गोल गरेका कीनले त्यस अघि एभर्टनमा ३९ खेलमा ४ गोल गरेका थिए । इटालीका स्ट्राइकर कीनले राष्ट्रिय टिमका लागि अहिलेसम्म ९ खेलमा २ गोल गरेका छन् ।









