• २०८३ मङ्सिर ६ आइतबार

यी हुन् यस बर्ष धेरै कमाई गर्ने पाँच टेनिस खेलाडी

यी हुन् यस बर्ष धेरै कमाई गर्ने पाँच टेनिस खेलाडी

काठमाडौँ । यस बर्षको युएस ओपनमा धेरै चर्चित टेनिस खेलाडी अनुपस्थित हुदैछन् । जसमा रोजर फेडरर, राफेल नाडाला, सेरेना विलियम्स, डोमोनिक थिएम रहेका छन् । थिएम युएस ओपनका डिफेन्डिङ च्याम्पियन्स समेत हुन् ।

प्रतियोगिता नखेले पनि २०२१ मा धेरै कमाई गर्ने खेलाडीको सूचीमा भने रोजर फेडरर अहिले पनि शिर्ष स्थानमै रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

यस बर्ष चोटका कारण मैदानबाट लगभग बाहिर रहेका फेडररले यस बर्ष ९०.६ मिलियन कमाई गरेका छन् । जसमा उनले टेनिस खेलेर केबल ६ लाख डलर मात्र कमाई गरेका छन् भने बाँकी ९० मिलियन मैदान बाहिर ब्राण्ड प्रमोशन गरेर कमाएका छन् । अहिलेसम्म २० ग्राण्ड स्लाम जितेका फेडररले अहिलेसम्म आफ्नो क्यारियरमा करिब ९०० मिलियन डलर मैदान बाहिर ब्राण्ड प्रमोशन गरेर कमाएका छन् । त्यस्तै टेनिस खेलेर भने फेडररले अहिलेसम्म १३१ मिलियन डलर पुरस्कार राशी जितेका छन् । फेडरर टेनिसमा लगातार १६ बर्षदेखि धेरै कमाई गर्ने खेलाडी बनेका छन् ।

त्यस्तै यस बर्ष धेरै कमाई गर्ने टेनिस खेलाडी जापानीकी २३ बर्षिय टेनिस सुन्दरी नाओमी ओसाका हुन् । उनले टेनिस खेलेर पुरस्कार राशी बापत ५.१ मिलियन डलर कमाई गरेकी छन् भने मैदान बाहिर विभिन्न ब्राण्डको प्रमोशनबाट ५५ मिलियन कमाई गरी कुल ६०.१ मिलियन कमाई गरेकी छन् ।

त्यस्तै यस सूचीमा तेस्रो स्थानमा अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स हुन् । सेरेनाले यस बर्ष टेनिस खेलेर १.८ मिलियन कमाई गरेकी छन् भने मैदान बाहिर ब्राण्ड प्रमोशनबाट ४१.८ मिलियन डलर कमाएकी छन् । सेरेना अहिले पनि करिब २० ब्राण्डसँग जोडिएकी छन् ।

यस सूचीमा चौथो स्थानमा नोभाक जोकोभिच रहेका छन् । जोकोभिचले टेनिस खेलेर ८ मिलियन कमाई गरेका छन् भने मैदान बाहिर बिभिन्न ब्रन्न्द प्रमोशनबाट ३० मिलियन कमाई गरेको फोर्ब्सले जनाएको छ । अहिलेसम्म २० ग्राण्ड स्लाम जितेका जोकोभिचले यस बर्षको युएस ओपन जितेर फेडरर र नाडाललाई जित्ने अवसर रहेको छ ।

यस सूचीमा पाँचौ स्थानमा राफेल नाडाल रहेका छन् । अहिलेसम्म २० ग्राण्ड स्लाम जितेका नाडालले यस बर्ष टेनिस खेलेर ४ मिलियन डलर कमाई गरेका छन् भने ब्राण्ड प्रमोशनबाट २३ मिलियन डलर कमाइ गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै