• २०८१ बैशाख ८ शनिबार

अमेरिकी कुख्यात डाकू विली द किडलाई हानेको पेस्तोल ६ मिलियन डलरमा लिलाम

kharibot

काठमाडौँ । अमेरिकी वाइल्ड वेस्ट डाकू विली द किडलाई गोली हानेको पेस्तोलको ६ मिलियन डलरमा लिलामी भएको छ ।

लस एन्जल्समा भएको लिलामीमा अनुमान गरिए भन्दा दोब्बर मुल्यमा बिक्रि भएको रोयटर्सले उल्लेख गरेको छ ।

बोनहाम्स अक्सनका अनुसार यो अहिलेसम्म लिलामी भएको पेस्तोलमा सबै भन्दा बढी मुल्यको भएको छ ।

यो सिंगल एक्सन पेस्तोलका मालिक शेरिफ पेट गेरेट हुन् । यस पेस्तोललाई वाइल्ड वेस्टको महत्वपूर्ण र प्रसिद्ध कहानीको एक अवशेषको रुपमा लिने गरिन्छ । अहिले पनि यो पेस्तोल  राम्रो अवस्थामा रहेको बताइन्छ ।

शुक्रबार अनलाइनमा भएको लिलामीमा २ देखि ४ मिलियन सम्ममा  बिक्ने अनुमान गरिएकोमा ६ मिलियन डलरमा बिक्रि भएको थियो ।

विली द किड सन् १८८० को दशकमा अमेरिकाको एरिजोना र न्यू मेक्सिको क्षेत्रका मोस्ट वान्टेड डाकू मानिन्थे । उनले ८ जनाको हत्या गरेका थिए । उनको बाल्यकालको नाम हेनरी म्याककार्टी रहेको बताइन्छ ।   

उनलाई १९८१ को जुलाई १४ मा यसै पेस्तोलले गोली हानेर मारिएको थियो । उनलाई फासिको सजाय सुनाइएको भएपनि उनी फरार भएका थिए । फरार भएको तीन महिना पछि उनलाई न्यू मेक्सिकोमा शिरमा गोली हानेर मारिएको थियो । त्यति बेला उनको उमेर २१ बर्षको मात्र थियो । त्यति बेला विलीका गिरोहका सदस्यले यो पेस्तोल लिएको बताइएको थियो । तर पछि उनीहरु पक्राउ परेपछि पेस्तोल लिइएको थियो । लिलाम घर बोनहम्सका विशेषज्ञ  केथरीन विलियाम्सनले यो पेस्तोल कैयौं पटकडाकू र कानुनविदहरु समक्ष रहेको बताएकी छन् ।

लिलाम घरका अनुसार यो पेस्तोल यस अघि २००२ मा पनि लिलाम गरिएको थियो । त्यति बेला यो पेस्तोल करिब २ मिलियनम डलरमा बिक्रि भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै