काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराति सम्पन्न खेलमा युभेन्टस एम्पोलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
एम्पोलीको जितमा खेलको २१औं मिनेटमा लिओनार्दो मानकुसोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यसअघि यस सिजनको पहिलो खेलमा युभेन्ट्स उडिनेससँग २-२ गोलको बराबरी खेलेको थियो ।
यो हारपछि युभेन्टसको २ खेलमा एक हार र एक बराबरीसहित एक अंक रहेको छ ।
क्रिस्टियानो रोनाल्डोले छोडेपछि युभेन्टस खेलेको पहिलो खेलमा हार बेहोरेको छ ।
त्यति एम्पोलीको २ खेलमा एक जित र एक हारसहित ३ अंक रहेको छ ।
युभेन्टसले अब अर्को खेल सेप्टेम्बर १२ मा नापोलीसँग खेल्ने छ ।









