• २०८१ बैशाख १५ शनिबार

मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट 

kharibot

काठमाडौँ । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ । 

मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशत सम्म छुट पाउनेछन् । यसै गरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन्।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै