• २०८१ बैशाख १७ सोमबार

चीनले राष्ट्रपति सी जीङपीङको राजनीतिक विचारधारालाई पाठ्यक्रममा समावेश गर्ने

kharibot

काठमाडौँ । चीनमा राष्ट्रपति सी जीङपीङको राजनीतिक विचारधारालाई पाठ्यक्रममा समावेश गर्ने भएको छ ।

चीनको शिक्षा मन्त्रालयलेले युवाहरुमा मार्क्सवादी सोच स्थापित गर्न राष्ट्रपति सीको विचारधारालाई पाठ्यक्रममा समावेश गर्ने जानकारी दिएको हो ।

राष्ट्रपति सीको विचारधारालाई प्राथमिक तहदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गरिने शिक्षा मन्त्रालयले जानकारी गराएको छ ।

यस कदमलाई चीनमा राष्ट्रपति सीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीलाई थप स्थापित गर्ने प्रयासका रुपमा हेरिएको छ ।

शिक्षा मन्त्रालयले यसको लक्ष्य समाजवादका निर्माता र उत्तराधिकारीलाई तयार गर्ने भएको बताएको छ । मन्त्रालयले यो प्रक्रिया नैतिक, बौद्धिक, शारीरिक र सौन्दर्यको स्तरसम्मलाई हेरेर गरिने जनाएको छ ।

मन्त्रालयले राष्ट्रिय सुरक्षा, श्रम शिक्षा र कडा मेहनत र उत्साहलाई बढावा दिने बताएको छ ।

चीनले २०१८ मा राष्ट्रपति सीको विचारधारालाई संबिधानमै समावेश गरेको थियो ।

संबिधानमा समावेश गरेपछि 'सी जीङपीङ थट'  विश्वविधालय र राजनीतिक युथ विंगका साथै विद्यालयहरुमा समावेश गरेको छ ।

प्राथमिक तहमा देश, कम्युनिष्ट पार्टी अफ चाइना र समाजवादको प्रति प्रेमलाई बढावा दिनेमा केन्द्रित गरिने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

यस अघि कम्युनिष्ट पार्टीका नेताहरुको आफ्नो विचार रहेपनि माओत्से तुंगका अलावा कुनै नेताको विचार पार्टीको संबिधानमा 'थट' को रुपमा समावेश गरिएको थिएन । माओ र देंग श्याओपिंगको नाम पार्टीको संबिधानमा उनको विचाएको लागि समावेश गरिएको थियो ।
             

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै