• २०८१ बैशाख ३१ सोमबार

सभामुख सापकोटाको दाँतको सर्जरी सम्पन्न

kharibot

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ ।

मंगलबार विहान वीर अस्पतालको डेन्टल विभागमा सभामुख सापकोटाको माइनर ओरल सर्जरी गरिएको सभामुख सचिवालयले जानकारी गराएको हो ।

सर्जरी गरेर सभामुखको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।

डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँच पश्चात सफलतापूर्वक सर्जरी गरेका हुन् ।

सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको र सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन् ।

सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहेको रहेको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै