• २०८१ बैशाख २१ शुक्रबार

गाइजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय

kharibot

काठमाडौँ । सरकारले गाइजात्रा र कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ ७ गते गाइजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको हो । 

यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

त्यस्तै सरकारले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै