• २०८३ जेठ २१ बिहीबार

यौन दुर्व्यबहारको आरोप लागेका न्यूयोर्कका गभर्नर कुमोद्वारा राजीनामा

यौन दुर्व्यबहारको आरोप लागेका न्यूयोर्कका गभर्नर कुमोद्वारा राजीनामा

काठमाडौँ । कैयौं महिलाहरुलाई यौन दुर्व्यबहारको आरोप लागेका अमेरिकाको न्यूयोर्कका गभर्नर एन्ड्रेउ कुमोले राजीनामा दिएका छन् ।

कुमोलाई आफ्नै कार्यालयका कर्मचारीसहित कैयौं महिलालाई यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिन दबाब बढेको थियो ।

६३ बर्षिय गभर्नर कुमोले राजीनामा दिने घोषणा गर्दै भने- 'अहिलेको परिस्थितिमा म बाहिर रहेर सरकार चाल्न दिनुनै उत्तम विकल्प हो ।'

कुमोले आफ्ना तीन छोरीसँग माफी माग्दै भनेका छन्- 'तिम्रो बुबाले गल्ति गरे र उनी माफी चाहन्छन् ।'

यौन दुर्व्यबहारको आरोप लागेपछि गभर्नर कुमोलाई राष्ट्रपति जो बाइडेनले पनि राजीनामा दिन सल्लाह दिएका थिए ।

कुमोको राजीनामा दुई सातामा लागु हुने बताइएको छ । अब न्यूयोर्कको गभर्नर डेपुटी गभर्नर क्याथी होचुलले सम्हाल्ने भएकी छन् । ६२ बर्षिय होचुल न्यूयोर्कको पहिलो महिला गभर्नर बन्ने भएकी छन् ।      

न्यूयोर्कका महान्यायाधिवक्ता लेटीटिया जेम्सले अनुसन्धानको रिपोर्ट सार्बजनिक गर्दै कुमोले राज्य र संघीय राज्यको कानुन तोडेको बताएका थिए ।

कुमोमाथि ११ बिभिन्न महिलालाई यौन दुर्व्यवहारको आरोप लागेको थियो ।

यस अघि कुमोले आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै आएका थिए भने उनलाई उनको पार्टी डेमोक्रेट पार्टीका सहकर्मीहरुले राजीनामा दिन गरेको आग्रहलाई पनि अस्वीकार गर्दै आएका थिए ।

राजीनामा पछि कुमो सम्भावित महाभियोगबाट बचेका छन् भने न्युयोर्कमा उनको एक दशक लामो शासनको अन्त्य भएको छ । उनी २०११ मा न्यूयोर्कको गभर्नर भनेका थिए । उनको यो प्रकरणले व्यक्तिगत रुपमा उनलाई ठुलो धक्का लागेको विश्लेषण गरिएको छ । कुमोलाई अमेरिका सम्भावित राष्ट्रपतिको उम्मेदवारको रुपमा पनि हेरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै