Skip This
  • २०८३ जेठ २० बुधबार

अमेरिकाको निशानामा किन छ ईरानको केश्म टापु ?

अमेरिकाको निशानामा किन छ ईरानको केश्म टापु ?

काठमाडौँ । ईरानको केश्म टापु झण्डै १ हजार ४४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खाडी क्षेत्रको सबैभन्दा ठूलो टापु हो । एक समय यो टापु स्वतन्त्र व्यापार क्षेत्र र पर्यटकीय स्थलका रूपमा चिनिन्थ्यो, तर अहिले यो ठूलो सैन्य आधारमा रूपान्तरण भएको छ ।

होर्मुज जलडमरूको प्रवेश बिन्दुमा रहेको यो टापु रणनीतिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ । अमेरिकाले यसलाई विभिन्न कारणले ठूलो सैन्य खतरा मान्दै आएको छ । विभिन्न विवरणअनुसार केश्म टापु मुनि सुरुङ र नुनका गुफाहरूको ठूलो सञ्जाल छ । त्यहाँ ईरानले तटीय क्षेप्यास्त्र प्रणाली र छिटो आक्रमण गर्न सकिने साना नौसैनिक डुङ्गाहरू लुकाएर राखेको बताइन्छ ।

टापुमा ईरानले यस्ता सैन्य संरचना बनाएको छ जसको उद्देश्य समुद्री मार्गमा नियन्त्रण कायम गर्नु हो । यहाँबाट होर्मुज जलडमरूमार्फत हुने जहाज आवतजावतलाई रोक्न वा सीमित गर्न सकिने अनुमान गरिन्छ । होर्मुज जलडमरू विश्वकै सबैभन्दा महत्वपूर्ण तेल र ग्यास ढुवानी मार्गमध्ये एक हो। अमेरिकाका अनुसार ईरानले केश्म टापुलाई तेल बोकेका ट्याङ्करहरूको आवतजावतमा दबाब सिर्जना गर्न वा अवरोध गर्न प्रयोग गर्दै आएको छ ।

त्यस्तै पछिल्ला महिनाहरूमा यो टापु अमेरिका र ईरानबीचको सैन्य तनावको प्रमुख केन्द्र बनेको छ । यसअघि ईरानतर्फबाट क्षेत्रीय अमेरिकी सैन्य संरचनामाथि कारबाही भएपछि अमेरिकाले केश्म टापुमा रहेको इस्लामिक क्रान्तिकारी गार्ड कोरका संरचना र सञ्चार प्रणालीमाथि आक्रमण गरेको बताइएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै