• २०८१ कार्तिक १६ शुक्रबार

मेडिसिटीमा बालबालिकाको सघन उपचार गुणस्तरीय बनाउन प्रशिक्षण सम्पन्न

kharibot

ललितपुर । नेपाल मेडिसिटी अस्पतालका नर्सहरुले बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा चार दिने प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका छन् ।

श्रावण १८ देखी २१ गतेसम्म अस्पतालमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा २० जना बालरोग विभागमा कार्यरत नर्सहरुले विभिन्न विषयमा पशिक्षण प्राप्त गरेका हुन् ।

बाल सघन उपचारमा आवश्यक पर्ने सैद्धान्तिक तथा व्यवहारीक ज्ञान प्रदान गर्न प्रशिक्षण कार्यक्रममा आईसियु सेवा, मेकानिकल भेन्टिलेटर, संक्रमण न्युनिकरण, बिरामी सुरक्षा तथा गुणस्तरिय उपचार, स्तनपानबारे जनचेतना, खानपान सन्तुलन, फिजियोथेरापी, तथा अन्य नैतिकताका विषयहरुलाई समेटिएको थियो । 

नेपाल मेडिसिटी अस्पतालको बालरोग विभाग प्रमुख डा. आना शर्मा तथा नवजात शिशुरोग विभाग प्रमुख डा. सुचिता श्रेष्ठ जोशीले नेतृत्व गर्नुभएको प्रशिक्षण कार्यक्रममा गुणस्तर तथा  बिरामी सुरक्षा, प्रशिक्षण विभाग, पोषण विभाग, नर्सीङ एडुकेटर लगायतको टोली संलग्नता रहेको थियो । 

सघन उपचारका हरेक विषयलाई समेटेको प्रशिक्षण कार्यक्रमबाट सहभागी नर्सहरुले आफ्नो क्षमता अभिवृद्धि गरी कुनैपनि आपत्कालिन अवस्थामा बालबालिकाहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने डा. आना शर्माको अपेक्षा छ । उनले यस किसिमका प्रशिक्षण कार्यक्रमलाई भविश्यमा पनि निरन्तरता दिइने बनाएकी छन् ।

नेपाल सरकारले तेश्रो भेरियन्टको प्रभाव बालबालिकामा पर्न सक्नेबारे सु–सुचित गरिरहेको अवस्थामा यस किसिमको प्रशिक्षणले त्यस्तो परिस्थिती आइहाले तयारी अवस्थामा रहन सहयोग पुर्याउने आशा राखिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै