• २०८३ मङ्सिर ७ सोमबार

टोकियो ओलम्पिकमा 'रिफ्यूजी टिम' पनि सहभागी

टोकियो ओलम्पिकमा 'रिफ्यूजी टिम' पनि सहभागी

काठमाडौँ । शुक्रबार उद्घाटन भएको टोकियो ओलम्पिकमा शरणार्थी (रिफ्यूजीहरु) को पनि एक टिम रहेको छ । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनुसार 'रिफ्यूजी ओलम्पिक टिम' नाम दिएको यस टिममा २९ खेलाडीले भाग लिन लागेका छन् । 

ओलम्पिक कमिटीले रिफ्यूजी टिमका खेलाडीहरु आशाका प्रतिक भएको बताउदै विश्वलाई नै शरणार्थी समस्या बारे ध्यानाकर्षण गराउन रिफ्यूजी टिमलाई सहभागी गराइएको जनाएको छ । 

यी खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको कार्यकारी बोर्डले छानेको हो । 

उद्घाटन समारोहमा ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले रिफ्यूजी टिमका खेलाडीहरुलाई ओलम्पिकमा स्वागत गर्दै  आफुहरु खुला हातले शान्तिपूर्ण घरमा स्वागत गरेको बताएका थिए । उनले द्वन्द, भोक र अन्य कारणले आआफ्नो घर छोड्नु परेको भन्दै ओलम्पिक समुदायमा सबै बराबर र सबैलाई एकै नियम लागु हुने बताएका थिए । 

२९ सदस्यीय रिफ्युजी टिमले ओलम्पिकको उद्घाटन समारोहमा ओलम्पिकको झण्डा लिएर मार्च पास गरेका थिए ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै