काठमाडौँ । युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा हुदासम्म गोल्डेन बुटको दौडमा क्रिस्टियानो रोनाल्डोनै अगाडी रहेका छन् ।
५ गोल गरेका रोनाल्डो नेतृत्वको पोर्चुगल भने युरोकपबाट बाहिरिएको छ ।
अब गोल्डेन बुटमा उनलाई चुनौती दिदै अहिलेसम्म चेक रिपब्लिकका पाट्रीक शीकले ४ गोल गरेका छन् । चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कविरुद्ध खेल्न बाँकी रहेकाले शिकले रोनाल्डोलाई भेट्याउन र उनलाई जित्ने अवसर अझै बाँकी रहेको छ ।
त्यस्तै ४-४ गोल गरेका फ्रान्सका करिम बेन्जमा र स्विडेनका एमिल फोर्सबर्गको अभ्ने अब गोल्डेन बुट जित्ने सम्भावना सकिएको छ । फ्रान्स र स्विडेन दुवै युरोकपबाट बाहिरिएका छन् ।
त्यस्तै यस गोल्डेन बुटको दौडमा २-२ गोल गरेर रहेका १३ खेलाडी रहेका छन् । जसमा बेल्जियमका थोर्गन हजार्ड, डेनमार्कका कास्पर डोलबर्ग, जोअकिम माह्ल र युसुफ पोउलसेन, इटालीका किरो इम्मोबिल, म्यानुएल लोकाटेली र माटेओ पेसिना, स्पेनका अल्भारो मोराटा, पाब्लो सर्बिया, फेरान टोरेज, स्वीट्जरल्याण्डका जेर्डन शाकिरी, युक्रेनका रोमन यारेमचुक र एन्ड्रीयार्मोलेनको रहेका छन् ।
युरोकपमा अहिलेसम्म सम्पन्न ४४ खेलमा कुल १२३ गोल भएका छन् जसमा ९ गोल आत्मघाती गोल भएका छन् ।









