• २०८३ मङ्सिर ८ मंगलबार

युरोकप गोल्डेन बुटको दौडमा अझै रोनाल्डो नै अगाडी, को कसले दिदैछन् चुनौती ?

युरोकप गोल्डेन बुटको दौडमा अझै रोनाल्डो नै अगाडी, को कसले दिदैछन् चुनौती ?

काठमाडौँ । युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा हुदासम्म गोल्डेन बुटको दौडमा क्रिस्टियानो रोनाल्डोनै अगाडी रहेका छन् ।

५ गोल गरेका रोनाल्डो नेतृत्वको पोर्चुगल भने युरोकपबाट बाहिरिएको छ । 

अब गोल्डेन बुटमा उनलाई चुनौती दिदै अहिलेसम्म चेक रिपब्लिकका पाट्रीक शीकले ४ गोल गरेका छन् । चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कविरुद्ध खेल्न बाँकी रहेकाले शिकले रोनाल्डोलाई भेट्याउन र उनलाई जित्ने अवसर अझै बाँकी रहेको छ । 

त्यस्तै ४-४ गोल गरेका फ्रान्सका करिम बेन्जमा र स्विडेनका एमिल फोर्सबर्गको अभ्ने अब गोल्डेन बुट जित्ने सम्भावना सकिएको छ ।  फ्रान्स र स्विडेन दुवै युरोकपबाट बाहिरिएका छन् । 

त्यस्तै यस गोल्डेन बुटको दौडमा २-२ गोल गरेर रहेका १३ खेलाडी रहेका छन् ।  जसमा बेल्जियमका थोर्गन हजार्ड, डेनमार्कका कास्पर डोलबर्ग, जोअकिम माह्ल र युसुफ पोउलसेन, इटालीका किरो इम्मोबिल, म्यानुएल लोकाटेली र माटेओ पेसिना, स्पेनका अल्भारो मोराटा, पाब्लो सर्बिया, फेरान टोरेज, स्वीट्जरल्याण्डका जेर्डन शाकिरी, युक्रेनका रोमन यारेमचुक र एन्ड्रीयार्मोलेनको रहेका छन् ।

युरोकपमा अहिलेसम्म सम्पन्न ४४ खेलमा कुल १२३ गोल भएका छन् जसमा ९ गोल आत्मघाती गोल भएका छन् ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै