• २०८३ मङ्सिर ८ मंगलबार

वेल्समाथि शानदार जित हासिल गर्दै डेनमार्क क्वाटरफाइनलमा

वेल्समाथि शानदार जित हासिल गर्दै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौँ । डेनमार्कले शानदार प्रदर्शन गर्दै युरोकपको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

शनिबार नकआउट चरणको पहिलो खेल्दै डेनमार्कले वेल्समाथि शानदार जित हासिल गरेको छ ।

डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

डेनमार्कको जितमा कास्पेर डोलबेर्गले गरेका थिए । डेलबर्गले खेलको २७औ मिनेट र ४८औ मिनेटमा गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाएका थिए । डेनमार्कका लागि तेस्रो गोल खेलको ८८औ मिनेटमा जोआकिम माएलेले गरेका थिए । त्यस्तै खेलको ९४औ मिनेटमा डेनमार्कका लागि चौथो गोल मार्टिन ब्रेथवेटले गरेका थिए ।

योसँगै वेल्स युरोकपबाट बाहिरिएको छ । त्यस्तै यस खेलमा वेल्सका ह्यारी विल्सनले खेलको ९०औ मिनेटमा रातो कार्ड पाएका थिए ।

डेनमार्कले यस युरोकपमा शुरुका दुई खेलमा हार बेहोरेकोमा डेनमार्कले समुह चरणको अन्तिम खेलमा रसियालाई ४-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा छनौट भएको थियो ।

अब क्वाटरफाइनलमा डेनमार्कले नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्ने छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै