• २०८३ मङ्सिर ८ मंगलबार

युरोकपको नकआउट चरणमा आज वेल्स र डेनमार्कबीच भिडन्त

युरोकपको नकआउट चरणमा आज वेल्स र डेनमार्कबीच भिडन्त

काठमाडौँ । युरोकप अन्तर्गत आजदेखि नकआउट चरणका खेलहरु शुरु हुदै छन् । आज पहिलो खेल वेल्स र डेनमार्कबीच नेपाली समय अनुसार रति ९:४५ बजे हुदै छ ।

वेल्स समू ए मा दोस्रो हुदै नक आउट चरणमा प्रवेश गरेको हो भने डेनमार्क समुह बी मा दोस्रो हुदै नकआउटमा पुगेको हो । डेनमार्कले आफ्नो अन्तिम खेलमा रसियालाई ४-१ गोल अन्तरले पराजित गर्दै नकआउटमा आफ्नो स्थान सुरक्षित गरेको हो ।  

समुह चरणमा वेल्सले एक जित, एक बराबरी र एक हार बेहोरेको थियो भने डेनमार्कले एक जित र दुई हार बेहोरेको थियो ।

वेल्स र डेनमार्क २०१८ पछि पहिलो पटक आमने सामने हुदै छन् । अन्तिम पटक दुवै टिमबीच २०१८ को नोभेम्बर १६ मा युइएफए नेसन्स लिगमा भएको खेलमा डेनमार्क २-१ ले विजयी भएको थियो ।

दुवै टिमबीच अहिलेसम्म कुल १० पटक भएका खेलमा वेल्सले चार पटक जित हासिल गरेको छ भने डेनमार्कले ६ पटक जितेको छ ।

वेल्सबाट यस खेलमा कप्तान ग्यारेथ बेलको भूमिका महत्वपूर्ण मानिएको छ । उनले वेल्सका लागि अहिलेसम्म ९५ खेल खेलिसकेका छन् भने ३३ गोल पनि गरेका छन् ।

बेल बाहेक वेल्सको टिममा रहेका एरोन रामसीको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ ।

डेनमार्क विरुद्धको खेलमा वेल्सका इथान अम्पाडु अनुपस्थित हुने छन् । उनले पछिल्लो इटालीविरुद्धको खेलमा रातो कार्ड पाएका थिए ।

त्यस्तै डेनमार्कलाई भने पहिलो खेलमै क्रिस्टियन इरिक्सनको घटनाले ठुलो धक्का लागि सकेको छ । तथापी डेनमार्कले प्रयोयोगितामा शानदार कमब्याक गरेको छ ।  डेनमार्कका लागि अहिले साइमोन केजारको नेतृत्वमा उत्कृष्ट लयमा देखिएको छ । इरिक्सनको घटनामा केजारले देखाएको परिपक्कताले उनमा डेनमार्क फुटबलका लागि थप राम्रो गर्न उत्साहित बनाएको छ ।

वेल्स र डेनमार्कबीच भएका पछिल्ला दुई खेलमा विजयी भएकोले डेनमार्कलाई मनोविज्ञानिक रुपमा फाइदा हुने देखिन्छ । तर तुलनात्मक रुपमा डेनमार्कको टिममा प्लेमेकर इरिक्सनको भूमिका खलेको भने देखिन्छ । जसको असर डेनमार्कलाई समुह चरणका दुई खेलमा परेको थियो ।

समुह चरणको प्रदर्शन र अहिलेको टिमको स्वरूप हेर्दा वेल्सले डेनमार्कलाई पराजित गर्नसक्ने अनुमान गर्न सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै